बिहीबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ ११:०९
प्रतिक्रिया दिनुहोस्