NRN
एमालेका अध्यक्ष ओलीले बुधबार तिरे आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् ।

सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्छ । एमालेको सदस्यता शुल्क मासिक ३०० रुपैयाँ रहेको छ ।

जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन् । ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३ हजार ६०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ । 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update