NRN
बुधबार नेप्से परिसूचक स्थिर

बुधबार नेप्से परिसूचक स्थिर रहेको छ । नेप्से यसदिन २६००.२० विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि केही बढेको छ । 

मंगलबार पाँच अर्ब ७६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड रूपैयाँ बढेको हो ।

आज ३११ वटा धितोपत्रको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भएको छ । बुधबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटाको घटेको छ । यस्तै एक कम्पनी स्थिर रहेको छ ।

यसदिन मोदी इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशत र तेह्रथुम पावरको मूल्य ९.७७ प्रतिशतलेले बढेको छ ।

यस्तै, जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.५१ प्रतिशत र हिमालयन पावर पार्टनरको मूल्य ९.०२ प्रतिशतले घटेको छ ।

यसैगरी, बुधबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको बढेको छ । 

यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update