सर्यो एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक सरेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको थियो ।
तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारणले बैठक ३ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन् ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १२:३२
प्रतिक्रिया दिनुहोस्