NRN
बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार पाँच रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४० किनबेच भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला २० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update