NRN
सर्‍यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।

यही असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक १६ गते सोमबार दिउँसो १ बजे नै बस्ने गरी सारिएको हो । बैठक बीपी स्मृति भवन सानेपामा बस्नेछ ।

विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन । 

बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ। 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update