सोमबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्