NRN
कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्‍बाट बाहिरियो रास्वपा

आइतबारको प्रतिनिधिसभा बैठकको सुरुमै बोलेर बेल घेराउपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । 

सत्तापक्ष कांग्रेस र एमालेका सांसदहरू खर्च कटौतीको प्रस्तावमा बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका हुन् ।

उनीहरू प्रतिपक्षी दलका सांसदहरू बोल्दा भने बेलमा उभिएर सुनेका थिए । 

रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा रास्वपाको अवरोधको बेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही रोकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update