आइतबार बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा मूल्यमा कारोबार भएको चाँदी यसदिन प्रतितोला दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ ११:२५
प्रतिक्रिया दिनुहोस्