
सङ्घीय सदन प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक बहिस्कार गरेका छन् ।
यसअघि राप्रपाले मात्रै संसद् बहिस्कार गरेकोमा यो पटक रास्वपाले पनि बैठक बहिस्कार गरेर बाहिरिएको हो ।सभामा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै रास्वपाले बैठक बहिस्कार गरेको हो ।
त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् ।
यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा सो बारेमा छानबिन समिति बनाउनु पर्ने मागसहित प्रतिपक्षी दलले गत जेठ १३ गते देखी संसद् अवरोध गर्दै आएका छन् ।