NRN
हट्यो काठमाडौंको सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा लगाइएको निषेधाज्ञा

काठमाडौंको चक्रपथभित्र लगाइएको निषेधाज्ञा हटेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै २०७९ साल जेठ १८ गते जारी गरिएको आदेश हाललाई कायम नरहेको जानकारी दिएको हो ।

राजावादी प्रदर्शन बढ्दै गएपछि जेठ १८ गतेको आदेश मार्फत् चक्रपथ र चक्रपथभित्रका केही स्थान तथा तोकिएका स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न रोक लगाइएको थियो ।

अहिले प्रदर्शन रोकिएसँगै प्रशासन कार्यालयले निषेधाज्ञालाई हटाएको हो । 

प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update