शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्