
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम भने बढेको छ । बुधबार नौ अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम दुई अर्ब १५ करोड रूपैयाँ बढेको हो ।
आज ३१४ वटा धितोपत्रको दुई करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ ।
यसदिन पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युतको मूल्य ५.५५ प्रतिशतले बढेको छ ।
पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशत, रसुवागढी हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८६ रूपैयाँ ५२ पैसामा झरेको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ ।