NRN
संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका

नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट किताब प्रतिनिधिसभा बैठकमा च्यातेका छन् । 

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यातेका हुन् । 

सरकार उल्टो बाटोमा हिँडेको र जुम्ला जानका लागि दैलेखबाट ७९ किलोमिटर बाटो छोटो छ भन्दा भन्दै बजेट नहालिएको भन्दै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

सांसद थापाले दैलेख क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update