NRN
प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने

प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

बुधबार बस्ने भनिएको बैठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाडौं बाहिर भएका कारण बस्न नसकेपछि बिहीबारका लागि बोलाइएको हो ।

प्रमुख दलका तीन नेताबीच संसद्मा रास्वपासहितका दलले गरिरहेको अवरोध र समसामयिक राजनीतिक परिस्थितीबारे छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update