बिहीबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबाको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।
बुधबार सुन प्रतितोला एक लाख ९५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।
बुधबार चाँदी प्रतितोला दुई हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्