NRN
सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्यो, १३ अर्ब १८ करोड रूपैयाँको कारोबार

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से आइतबारको तुलनामा २.८० अंकले बढेर २६५८.६६ विन्दुमा बन्द भएको हो । 

यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार ११ अर्ब ४४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७४ करोड रूपैयाँ वृद्धि भएको हो । कारोबार रकम तीन महिता यताकै उच्च भएको छ ।

आज ३१८ वटा धितोपत्रको तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भएको छ । सोमबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटाकै घटेको छ । 

यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । पिपुल्स पावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

नेपाल अपर हेवाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेको छ । 

सोमबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । 

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update