NRN
अदालतमा बयान दिंदै धवल शम्शेर

राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।राणा सोमबार बिहान आफैं अदालत आएका हुन् ।

उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन् । गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

गत बिहीबार मध्यराति जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । बाँकीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update