NRN
सेयर बजारमा ११ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से परिसूचक स्थिर रहेको छ । गत कारोबार दिन अर्थात् बिहीबार २६५५.२८ विन्दुमा बन्द भएको नेप्से आइतबार २६५५.८५ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ ।

बिहीबार १२ अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ११ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब सात करोड रूपैयाँ कमी आएको हो ।

आज ३०८ वटा धितोपत्रको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भएको छ । आइतबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ । 

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ । 

नेपाल हाइड्रो डेभलपरको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेको छ । यसैगरी, मिड सोलु हाइड्रोपावरको मूल्य ३.८४ प्रतिशतले घटेको छ ।

आइतबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update