NRN
आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update