NRN
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बोलाइएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेसले ९ महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन । विधानमा दुई महिनामा कम्तिमा एक पटक केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।

केन्द्रीय समिति बैठक सभापतिले बोलाउने व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update