NRN
प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जाने भएका हुन् । 

उनी असार १५ गते एक हप्ताका लागि स्पेन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ ।

सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ । प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । 

सम्मेलनको अवसरमा उनले विभिन्न राष्ट्रप्रमुख र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update