NRN
प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । उनीहरुलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।

पूर्पक्षमा पठाईएकाहरुमा प्रसाईंको अलावा सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् । उनीहरु सबै जनालाई प्रसाईसँगै डिल्लीबजार कारागारमा राखिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update