NRN
बिहीबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो ।

आज होटल तथा पर्यटन समूह २.१४ प्रतिशत, हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढेको छ ।

बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटेको छ ।

पियोर इनर्जीको मूल्य १० प्रतिशत घटेको छ । चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ५.९९, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढेको छ ।

गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update