NRN
बिहीबार पनि बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा सुनको मूल्य यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो ।

बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।            

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update