NRN
प्रतिनिधिसभा बैठक आज पनि अवरुद्ध

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका विपक्षी दलहरूले नाराबाजीसहित बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

सभामुख घिमिरेले दलीय आधारमा आफ्ना कुरा राख्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्ने वातावरण बनाउन पटकपटक आग्रह गरेपनि विपक्षीले त्यसलाई अस्वीकार गरेका छन् । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सभामुख देवराज घिमिरेले पनि सदनको गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग आज छलफल गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update