NRN
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् ।

उनकाअनुसार सरकारले निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ।

नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ।

यस्ता छन् निर्णयहरूः 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update