NRN
बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २६६४.४७ विन्दुमा

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १० अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो ।

आज ३०७ वटा धितोपत्रको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भएको छ । बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ । यस्तै, एक कम्पनी स्थिर रहेको छ ।

यसदिन बुटवल पावर, पियोर इनर्जी र श्री सिनर्जी पावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ । 

सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ५.८९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.७३ प्रतिशतले घटेको छ । 

बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update