पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतले जनाएअनुसार पाठकविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिईसकेको छ ।
पत्रकार पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको जनाईएको छ ।
पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए ।
त्यही भिडिओबारे उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी जारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १२:५९
प्रतिक्रिया दिनुहोस्