NRN
बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

 

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update