-1749377805.jpg)
मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा बन्द भएको हो ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ६८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४८ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३११ वटा धितोपत्रको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटाको घटेको छ ।
यस दिन पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ ।
रावा इनर्जीको मूल्य सर्वाधिक ६.२० प्रतिशतले घटेको छ । यसैगरी, ओम मेगाश्री फर्मास्युटिल्सको मूल्य ४.०७ प्रतिशतले घटेको छ ।
मंगलबार हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अरुण काबेली पावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको छ ।