NRN
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी

नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थगित भएको छ । निर्वाचनको माग गर्दै नाराबाजी सुरु भएपछि बन्द सत्र स्थगित गरिएको हो । 

अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् । उनले ती नामहरू प्रस्ताव गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका हुन् ।

जसले गर्दा बन्दसत्र स्थगित गरेर अहिले सहमतिको प्रयास भइरहेको छ । ‘सेलेक्सन मान्दैनौँ, इलेक्सन चाहियो’ भन्दै नाराबाजी गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update