NRN
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपैयाँ एक पैसा कायम भएको छ ।

बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ नौ पैसा र विक्रीदर ३५६ रुपैयाँ ६५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update