-1749377805.jpg)
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द भएको छ ।
यसदिन नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार नौ अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार आठ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४५ करोड रूपैयाँ कमी आएको हो ।
आज ३२४ वटा धितोपत्रको एक करोड ७५ लाख एक हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । सोमबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ । यस्तै, एक कम्पनी स्थिर रहेको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ ।
भूगोल इनर्जीको मूल्य सर्वाधिक ७.४७ प्रतिशतले घटेको छ । यसैगरी, मिथिला लघुवित्तको मूल्य ५.२३ प्रतिशतले घटेको छ ।
सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स, जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको छ ।