NRN
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य

इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ । 

विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यसरी राखिएको लोकेसन अनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड अनिवार्य गरेको हो । गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको वेब साइटमा समेत अनिवार्य रूपमा राख्नुपर्ने प्रावधान गरेको हो । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update