सोमबार नेपाली बजारमा सुनको मूल्य समान्य घट्दा बढ्यो चाँदी मूल्य

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ ११:३२
प्रतिक्रिया दिनुहोस्