NRN
विपक्षीको अवरोध जारी रहे पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी

सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् ।

आइतबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

आइतबार संसद्को अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । 

छलफलमा सत्ता र प्रतिपक्षहरूले आ–आफ्नै अडान दोहोर्‍याउँदा सहमति हुन सकेको छैन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए । उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढङ्गले अगाडि बढ्ने बताए । 

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले प्रतिपक्षीले अवरोध गरे पनि र नगरे पनि बैठक बजेटमाथिको छलफल सुरु हुने बताए । 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद् अवरोध हुँदै आएको छ ।

निरन्तरको अवरोधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update