NRN
काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन

काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्‍यालीसहित आन्दोलन गरेका हुन् ।

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेको विरोधमा प्रदर्शन गरेको हो ।

दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरूको छ ।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न माग गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update