NRN
आइतबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला तीन हजार रूपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यसदिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update