प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय आयोग बन्नै पर्ने अडान राखेर विपक्षी दलहरूले १३ गते देखि नै सदनमा अवरोध गर्दै आएका छन् ।
बैठक सञ्चालनका लागि सभामुख र सत्तारुढ दलहरूले पटक–पटक उनीहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १५:४८
प्रतिक्रिया दिनुहोस्