सरकारद्वारा गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार

सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको हो ।
मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्