सप्तरीमा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु
-1749191811.jpg)
सप्तरीको सुरुङ्गा नगरपालिका -८ मा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । डाका समूहले लुटपाट गर्नुका साथै घरधनी कन्तलाल चौधरीको हत्या गरेका हुन् ।
प्रहरीले गए राति १ करिब बजे ५/७ जनाको समूहमा रहेका डाकाहरुले चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए ।
धारिलो हतियार र गोली प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।
समूहमा पाँचदेखि सात जना रहेको अनुमान स्थानीयवासीले गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्