NRN
शुक्रबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ भने चाँदी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आज (शुक्रबार) पनि सोही मूल्यमा भइरहेको छ । 

यसैगरी, बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update