सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर
-1749103229.jpg)
नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
बुधबारको तुलनामा सुनको भाउ यसदिन पनि प्रतितोला पाँच सय रूपैयाँ नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्