NRN
प्रतिनिधि सभा बैठकको बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित

प्रतिनिधि सभा बैठकको बिहीबार बस्नेगरी स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेतिर बस्ने गरी प्रतिनिधि सभाको बैठक सरेको संघीय संसद सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो ।

संसदमा भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् । 

बुधबार संसद बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update