NRN
लाइसेन्स छपाइ कार्य तीन दिन बन्द

सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाइन्सेन्स छपाइ कार्य तीन दिन बन्द हुने बताएको हो ।

लाइसेन्स छपाइ कार्य जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

उक्त अवधिमा अत्यावश्यक सवारी चालक लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गतेअगावै निवेदन बुझाइ स्वीकृत भएको समेत यकिन गर्न विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update