
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन ।
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि आजको लागि तय भएको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ ।
सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।