बुधबार पनि बढ्यो नेपाली बजारमा सुन-चाँदीको मूल्य, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
मंगलबार प्रतितोला एक लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ ११:४२
प्रतिक्रिया दिनुहोस्