NRN
मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार नौ अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ५५ करोड रूपैयाँ कमी आएको हो ।

आज ३१५ वटा धितोपत्रको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको छ । 

यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । 

ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ ।

सप्तकोशी डेभलपमेन्टको मूल्य सर्वाधिक ४.३८ प्रतिशतले घटेको छ । यसैगरी, बाराही हाइड्रोपावरको मूल्य ३.९९ प्रतिशतले घटेको छ । 

मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ ।

यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशतले घटेको छ । दोस्रोमा होटल्स समूहको परिसूचक २.१२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update