NRN
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आज सिफलमा प्रदर्शन

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंको सिफलमा प्रदर्शन गरेका छन् ।

राजसंस्था र  हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत मागसहित उनीहरूले मंगलबार दिउँसो सिफलमा प्रदर्शन र सभा गरेका हुन् । उनीहरूले हिजो सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् । 

राजवादीहरुको मंगलबारको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता पशुपति शमसेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।

जेठ १५ गतेदेखि सुवेदी नेतृत्वको  'संयुक्त जनआन्दोलन समिति' ले काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update